इटहरी। गत वर्षझैँ यस वर्ष पनि भायानेट इटहरी शाखाले धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै राधा कृष्ण मन्दिर परिसरमा विशेष अफर घोषणा गरेको छ। धार्मिक अवसरलाई लक्षित गर्दै कम्पनीले यसपटक पानी वितरणसँगै इन्टरनेट सेवामा पनि आकर्षक छुट अफर सार्वजनिक गरेको हो।

भायानेट इटहरी शाखाका अनुसार मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा स्थानीय बासिन्दाहरूलाई सहज र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो। अफरअन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने ग्राहकहरूले विशेष छुट पाउनेछन् भने त्यससँगै एक महिना निःशुल्क इन्टरनेट सेवा पनि प्राप्त गर्न सक्नेछन्।
धार्मिक स्थलमा पुग्ने भक्तजनहरूका लागि शुद्ध पानी वितरण गर्नुका साथै डिजिटल पहुँच विस्तार गर्ने लक्ष्यसहित गरिएको यो पहललाई स्थानीय समुदायले सकारात्मक रूपमा लिएका छन्। विगत वर्षहरूमा पनि यस्ता सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको भायानेटले यस वर्ष अझ प्रभावकारी रूपमा सेवा प्रवर्द्धन गरेको जनाएको छ।
इन्टरनेट सेवा अहिले शिक्षा, व्यवसाय, सूचना आदान–प्रदान र दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको सन्दर्भमा धार्मिक तथा सामाजिक स्थलमा यस्ता अफर ल्याइनु प्रशंसनीय कदम भएको स्थानीयवासीहरूको प्रतिक्रिया छ।
अफर सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूलाई छिटो बुकिङ गर्न अनुरोध गरिएको छ। बुकिङ तथा थप जानकारीका लागि सम्पर्क नम्बर: ९८०१९७०९८२ मा सम्पर्क गर्न सकिने भायानेट इटहरी शाखाले जनाएको छ ।


















