काठमाडौ । श्रीमती हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।
प्रहरीमा आत्मसमर्पण गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिन रहेका छन् । श्रीमती हत्यापछि टिकाभैरव प्रहरी चौकीमा गएर उनले आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
उनले २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
दुबै जनाले मदिरा पिएपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । घटना शुक्रबार बिहानको हो । हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।


















