No Result
View All Result
Friday, April 3, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

४ वर्षपछि प्रहरीको रासन १० प्रतिशत वृद्धि

फलैचा न्यूज by फलैचा न्यूज
माघ १६, २०८२
in अर्थ, समाचार, हेडलाइन
0
सुनसरीमा ११ वर्षीय बालकको अपहरण ,२५ लाख फिरौती माग
Share on FacebookShare on Twitter

काठमाडौं । ‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने । अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् । रासन बढ्ने निर्णय सुनाए पनि के(कति बढेको भन्नेबारे गृहमन्त्री अर्यालले केही खुलाएनन् । यसबारे नेपाल प्रहरीसँग बुझ्दा अहिले पाइआएको रासनमा सरदर १० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ ।

यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले भन्छन्, ‘समग्रमा भन्दा अहिले पाइआएको रासनको १० प्रतिशत रकम वृद्धि भएको हो ।’ जिल्लागत रूपमा रासनको रकम फरकफरक छ । हिमाली जिल्लामा महँगो हुने भएकाले त्यहाँ कार्यरत प्रहरी कर्मचारीले सोहीअनुसार रासन वापतको रकम पाउने गर्छन् ।

तराईका जिल्लाहरूमा भने तुलनात्मक रूपमा सस्तो हुने भएकाले सोही अनुसारको रासन दररेट छ । काठमाडौंमा अहिले एक प्रहरीले दैनिक रासन बापत २०१ रुपैयाँ २५ पैसा बुझ्दै आएका छन् । अब १ फागुनबाट यो रकम बढेर दैनिक २ सय २१ रुपैयाँ ९२ पैसा पुग्ने प्रवक्ता काफ्लेले बताए । त्यसैगरी, अहिले झापामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १ सय ८० रुपैयाँ ५५ पैसा रासन बापतको रकम पाउँछन् । अब १ फागुनबाट भने दैनिक १ सय ९९ रुपैयाँ १० पैसा पाउने छन् ।

नेपाल प्रहरीमा रासन वापतको रकम प्रहरी कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ । ब्यारेकमा खाना नखाने प्रहरी कर्मचारीले त्यसबापत रकम पाउने छन् । सबैभन्दा बढी रासन रकम हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरी कर्मचारीले पाउँछन् । त्यहाँ कार्यरत प्रहरी कर्मचारीले दैनिक ८ सय ६५ रुपैयाँ ६५ पैसा पाउँदै आएका छन् । १ फागुनबाट भने ९ सय ५२ रुपैयाँ ३६ पैसा पाउने छन् ।

त्यस्तै, चामल दैनिक ६ सय ९० ग्राम पाउने गरेकोमा १ फागुनदेखि ७ सय २० ग्रामको दरले पाउने छन् । अहिले ४०३०।५ क्यालोरी पाउनेमा अब १ फागुनदेखि ४ हजार ३ सय ६४ क्यालोरी पाउने छन् । यसअघि २०७८ सालमा प्रहरीको रासन वृद्धि भएको थियो । २०७२ सालको रासनमा २०७८ सालमा १५ प्रतिशत भएको थियो । अहिले त्यही २०७८ को रासनमा चार वर्षपछि १० प्रतिशत वृद्धि भएको हो ।

 

ShareTweetPin
Previous Post

हसनपुरमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने

Next Post

श्रीमतीको हत्या गरेर श्रीमान आफैंले प्रहरी कार्यालयमा पुगेर गरे आत्मसमर्पण

Next Post
परपुरुषसंग लागेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेर श्रीमान आफैंले प्रहरी कार्यालयमा पुगेर गरे आत्मसमर्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.