इटहरी । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले यस वर्षको महान चाड दशैंलाई लक्षित गर्दै विशेष छुट तथा उपहारसहितको योजना सार्वजनिक गरेको छ।
भायानेटले हरेक वर्ष जस्तै यसपटक पनि दशैंलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको हो। तर यसपटकको अफरमा अझ बढी छुट, क्यास ब्याक र उपहार राखिएको कम्पनीले जनाएको छ।
दशैं अफर अन्तर्गत ग्राहकहरूले इन्टरनेट जडान वा रिन्यु गर्दा विभिन्न डिजिटल उपकरणहरूमा छुट पाउनेछन्। सामान्यतया ३,००० पर्ने मेस राउटरलाई विशेष छुट दिँदै २,५०० मा उपलब्ध गराइनेछ।
त्यस्तै १०,७४९ पर्ने जेडटिई नुबिया ए ३६ डुअल ब्याण्ड फोनलाई छुटसहित रु ८,९९९ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यता हिमस्टार स्मार्ट टिभी २७,९९९ मा उपलब्ध हुनेछ, जुन सामान्य मूल्यभन्दा निकै किफायती मानिएको छ।
भुक्तानी प्रणालीलाई डिजिटल बनाउन प्रोत्साहन दिने उद्देश्यले, इसेवा एपमार्फत ८,४०० भन्दा बढी रकम तिर्ने ग्राहकहरूले ३०० रुपैया क्यासब्याक पाउनेछन्।
यता भायानेटले अफरलाई थप रोमाञ्चक बनाउन “स्पिन एण्ड विन” योजना पनि सुरु गरेको छ। यसअन्तर्गत ग्राहकहरूले स्पिन गरेर भाग्य परीक्षण गर्ने अवसर पाउनेछन्।
यस योजनामार्फत भाग्यशाली ग्राहकहरूले १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्।
भायानेटका अनुसार, यसपटकको अफरले केवल इन्टरनेट जडान वा नवीकरण गर्ने ग्राहकलाई मात्र होइन, आवश्यक ग्याजेट र उपकरण खरिद गर्न चाहनेहरूलाई समेत राहत दिने कम्पनीले विश्वास गरेकाे छ ।


















