इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सञ्चालक समितिको भाद्र १४ गते बसेको ३७२औँ बैठकको निर्णय अनुसार, असोज महिनामा विभिन्न शाखा र सेवा केन्द्रमा सभा सञ्चालन गर्ने निर्णय भएको हो ।
संस्थाले शेयर सदस्यहरुको पूर्ण उपस्थिती अनिवार्य रहेको जनाएको छ। सभा बिहान ११ बजेदेखि सुरु हुने संस्थाका कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।
संस्थाले शेयर सदस्यहरुलाई आफ्नो बचत पासबुक वा शेयर प्रमाणपत्र अनिवार्य लिएर साधारण सभामा उपस्थित हुन अनुरोध गरेको छ। साधारण सभामा आर्थिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रम, बजेट, सेवा सम्बन्धी निर्णय र अन्य विविध विषयमा छलफल र निर्णय हुने कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए ।


















