लण्डन । एक समय नेतृत्व भनेको भाषण दिनु मात्र हो भन्ने मान्यता थियो । आज त्यो सोच बदलिँदैछ । डा. रक्षा थापा जस्तो व्यक्तित्वले यो प्रमाणित गरिरहेकी छिन् कि नेतृत्व अब बोलीमा होइन, कामको प्रभावमा नापिन्छ ।
नेपाली डायस्पोराको साझा संगठन एनआरएनए यूकेको खुला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी डा. थापा भन्छिन्, “अब भाषण होइन, जिम्मेवारीको समय हो। एनआरएनएलाई परिवर्तनको मञ्च बनाउनु छ।”
सन् २०१२ मा हेटौंडाबाट बेलायतसम्मको यात्रा शिक्षाको सपना लिएर सुरु भएको थियो। आज त्यही सपना डा. थापाको पहिचान, आत्मनिर्भरता र सामाजिक नेतृत्वको रूप बनिसकेको छ। एमबीए, ACCA र पीएचडीसम्मको शिक्षा हासिल गर्दै उनले पढाइसँगै काम गरिन्, संघर्ष गरिन्, तर कहिल्यै थाकिनन् ।
डा. थापाको नेतृत्वमा सञ्चालित माया स्पोड लिभिंग, माया इभेन्ट्स, र माया क्रिकेट क्लब ले ९०% भन्दा बढी महिला रोजगारीमा संलग्न छन्। सामान्य व्यवसाय होइन यी संस्था महिलाहरूको आत्मबल र आत्मनिर्भरताको थलो बनेका छन्। “नेतृत्व भनेको अवसर सिर्जना गर्नु हो विशेषगरी उनीहरूका लागि जो वर्षौं अवसरको पर्खाइमा बसेका छन्।”
बेलायतको एयरपोर्टमा अलपत्र परेका नेपाली युवालाई सहारा दिने देखि लिएर नेपालका वृद्धाश्रम र बालआश्रमसम्म…
डा. थापा सेवा मात्रै गर्दिनन्, सेवा जिउँछिन् पनि । उनको अगुवाइमा थुप्रै च्यारिटी कार्यक्रम, खेलाडी संरक्षण, आपतकालीन राहत अभियानहरू सफलतापूर्वक सम्पन्न भएका छन्। अब उनले यी प्रयासलाई संस्थागत बनाउँदै ‘माया फाउन्डेशन’ स्थापना गरेकी छिन् । त्यो पनि दिगो समाजसेवाको सपना लिएर। डा. थापाका लागि एनआरएनए कुनै राजनीतिक अभ्यासको थलो होइन ।
उनी भन्छिन्, “एनआरएनए नाफा–नोक्सानको संस्था होइन । यो हाम्रो पहिचान, संस्कृति र सम्भावनाको साझा थलो हो।” उनको उम्मेदवारी पुराना शैलीको विकल्प होइन, नयाँ युगको सुरुवात पनि हो।
“अब अनुहार होइन, सोच हेर्नुहोस्। पद होइन, काम हेर्नुहोस्,” उनी आग्रह गर्छिन्। डा. रक्षा थापाको उम्मेदवारी एउटा प्रेरणादायी यात्रा हो जसले नेतृत्वको अर्थ फेरिदिन्छ। सशक्त, उत्तरदायी र समर्पित नेतृत्व अब सम्भव छ जब समाजले सोच परिवर्तन गर्छ।
अब निर्णय तपाईंको हातमा छ । नेतृत्वमा जिम्मेवारी रोज्ने कि भाषण दोहो¥याउने ?
यस्ता छन् डा. रक्षा थापाका घोषणाहरु


















