No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ईसाई भएकै कारण मृतकलाई दफन गर्न नदिएकोप्रति नेसंसपाको आपत्ति

फलैचा न्यूज by फलैचा न्यूज
साउन ६, २०८२
in अपराध, समाचार, समाज, हेडलाइन
0
ईसाई भएकै कारण मृतकलाई दफन गर्न नदिएकोप्रति नेसंसपाको आपत्ति
Share on FacebookShare on Twitter

काठमाडौं । ईसाई धर्मावलम्बी भएकै कारण दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–८ मा एक मृतकको शव सामुदायिक वनमा दफन गर्न नदिइ जबरजस्ती फर्काइएको घटना सार्वजनिक भएपछि नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुख, आक्रोश र आपत्ति जनाएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो। रिजवान अन्सारीद्वारा जारी प्रेस विज्ञप्तिमा यो घटनालाई अत्यन्त अमानवीय, धर्मनिरपेक्ष नेपालको संविधान र मानव अधिकारको आत्मासँग खेलवाड गरिएको भन्दै कडा शब्दमा भत्र्सना गरिएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, “कसैको मृत्यु आफैंमा गहिरो पीडा हो। त्यसमा पनि धर्मकै कारण अन्त्येष्टि गर्न नदिइनु, परिवारलाई चिहानस्थलबाट फर्किन बाध्य पारिनु यो केवल संवेदनहीनता होइन, यो पाशविकता हो।”

पार्टीका अनुसार, यस प्रकारको व्यवहारले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धर्मनिरपेक्ष मुलुकको मर्म र आत्मा माथि चोट पु¥याएको छ । मृतकको धर्म, संस्कार र विश्वासअनुसार अन्त्येष्टि गर्न पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो। तर यो घटनाले त्यस अधिकारमाथि नै निर्दयी प्रहार गरेको छ।

नेपाल संघीय समाजवादी पार्टीले सो घटनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लाजमर्दो कालो धब्बा भन्दै दोषीलाई तुरुन्त पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ ।

 

“समाजमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सम्मान कायम गर्न चाहने हामी सबैले यो घटनाप्रति एकबद्धरूपमा आवाज उठाउनु आवश्यक छ। मृतकको आत्मालाई सम्मान दिन सकिएन भने हाम्रो मानवता नै खतरामा पर्छ।” विज्ञप्तिमा भनिएको छ ।

नेपाल संघीय समाजवादी पार्टीले सो पीडादायी घटनाले सम्पूर्ण ईसाई समुदायलाई अपमानित गरेको उल्लेख गर्दै, यस प्रकारको विभेद अन्त्य गर्न स्थायी कदम चाल्न सरकारसँग जोडदार माग गरेको छ ।

पार्टीले शोकमा डुबेका पीडित परिवारप्रति गहिरो सम्वेदना प्रकट गर्दै र दिवंगत आत्माको चिर शान्ति कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

ShareTweetPin
Previous Post

राजेन्द्र पुडासैनीको प्रतिबद्धता: “सदस्यमैत्री, जवाफदेही र समावेशी एनआरएनए यूके बनाउने लक्ष्य”

Next Post

नेतृत्वको अर्थ फेरिंदैछ: डा. रक्षा थापा र एनआरएनए यूकेको नयाँ सम्भावना

Next Post
नेतृत्वको अर्थ फेरिंदैछ: डा. रक्षा थापा र एनआरएनए यूकेको नयाँ सम्भावना

नेतृत्वको अर्थ फेरिंदैछ: डा. रक्षा थापा र एनआरएनए यूकेको नयाँ सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.