No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राजेन्द्र पुडासैनीको प्रतिबद्धता: “सदस्यमैत्री, जवाफदेही र समावेशी एनआरएनए यूके बनाउने लक्ष्य”

फलैचा न्यूज by फलैचा न्यूज
साउन ६, २०८२
in अन्तर्राष्ट्रिय, समाचार, हेडलाइन
0
राजेन्द्र पुडासैनीको प्रतिबद्धता: “सदस्यमैत्री, जवाफदेही र समावेशी एनआरएनए यूके बनाउने लक्ष्य”
Share on FacebookShare on Twitter

लन्डन । एनआरएनए यूकेको आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र पुडासैनीले संस्थालाई सबै नेपालीहरूको साझा र जीवन्त मञ्च बनाउने अठोटसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

सोमबार लन्डनस्थित नर्थ वेम्लीको एरोमा बार एण्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा उनले “सदस्यमैत्री, जवाफदेही र समावेशी एनआरएनए यूके” निर्माण गर्ने स्पष्ट एजेन्डा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सञ्चारकर्मीसंग बोल्दै पुडासैनीले संस्थामा जीवन्तता, पारदर्शिता र एकताको भावना भरिदिने १० बुँदे प्रतिबद्धता प्रस्तुत गरेका छन्। उनले वृहत्तर राष्ट्रवाद, संस्थागत एकता, युवापुस्ता तथा दोस्रो पुस्ताको सहभागिता, सीप तथा लगानी हस्तान्तरण, आपतकालीन सहयोग, गोर्खा तथा वरिष्ठ नागरिकको सम्मान, कला-संस्कृति संरक्षण, वंशज नागरिकताको निरन्तरता, विज्ञ सञ्जाल निर्माण र नेपाल हाउसको अवधारणालाई आफ्नो मुख्य एजेन्डा बनाउने घोषणा गरे।

“एनआरएनए यूके कुनै व्यक्तिको संस्था होइन, यो सबैको साझा थलो हो,” पुडासैनीले भने, “संस्थालाई सदस्यमैत्री बनाउँदै हरेक नेपालीले आफ्नो संस्था भएको महसुस गर्ने वातावरण बनाउने मेरो प्रमुख लक्ष्य हो।”

उनले युनियन आन्दोलनमा हासिल अनुभवलाई अब प्रवासी नेपालीको हकहितमा रूपान्तरण गर्ने बताएका छन्। साथै, प्रचारप्रसारका क्रममा आफ्नो फेसबुक अकाउन्ट बन्द गराइएको भन्दै केही प्रतिस्पर्धीहरूका गतिविधिप्रति असन्तुष्टि जनाए पनि त्यसले आफूलाई रोक्न नसक्ने अठोट समेत व्यक्त गरे।

कार्यक्रममा टिमका अन्य सदस्यहरूले समेत आ-आफ्ना प्रतिबद्धता प्रस्तुत गरे। महासचिव पदका उम्मेदवार दिवाकर पाण्डेले पुडासैनीको नेतृत्वमा काम गर्न पाउँदा उत्साहित भएको बताउँदै आफू सामाजिक सेवामा निरन्तर क्रियाशील रहेको बताए।

त्यस्तै, आइसीसी सदस्य पदका उम्मेदवार तुंगभद्र भुषाल, देउमान इजम, उपाध्यक्ष उम्मेदवार शम्भुप्रसाद अर्याल, सचिव पदका धातानन्द (डिएन) खराल र इंग्ल्याण्ड समन्वय परिषद अध्यक्ष उम्मेदवार राममाया विष्टलगायतले आ(आफ्ना भिजन र योजनाहरू प्रस्तुत गर्दै मत माग गरे।

एनआरएनएका संस्थापक सचिव चिरञ्जिवी ढकालले पुडासैनीको नेतृत्व र युवामुखी सोच प्रशंसनीय रहेको बताए। त्यस्तै, प्रवासी नेपाली मञ्च यूके अध्यक्ष पशुपति पोखरेलले उनलाई दूरदर्शी, सक्षम र समावेशी नेतृत्वकर्ताका रूपमा चित्रण गर्दै संस्थामा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको सञ्चालन अर्थविद् तथा आइसीसी सदस्य डा। मुकुन्द बास्तोलाले गरेका थिए। उनले पुडासैनी नेतृत्वको टिमले संस्थामा दीगो परिवर्तन ल्याउने स्पष्ट योजना बनाएको जानकारी दिए।

 

ShareTweetPin
Previous Post

साउने सोमबारको भक्तिभाव: पशुपतिनाथमा हजारौं श्रद्धालुको घुइँचो

Next Post

ईसाई भएकै कारण मृतकलाई दफन गर्न नदिएकोप्रति नेसंसपाको आपत्ति

Next Post
ईसाई भएकै कारण मृतकलाई दफन गर्न नदिएकोप्रति नेसंसपाको आपत्ति

ईसाई भएकै कारण मृतकलाई दफन गर्न नदिएकोप्रति नेसंसपाको आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.