इटहरी । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।

















