इटहरी / उपमहानगरपालिकाले जितिया पर्वको अवसरमा बुधबार नगरभरी सार्वजनिक बिदा दिएको छ । थारुलाई प्रथम नागरिक घोषणा गरेको इटहरीले जितियामा एक दिन बिदा दिने निर्णय गरेको हो ।
थारुहरुको बहुल्लियता रहेको इटहरीमा अघिल्लो बर्ष पनि उपमहानगरले बिदा दिने निर्णय गरेको थियो । इटहरी अस्पताल बाहेक इटहरी उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यलय र अन्तर्गतका सम्पूर्ण कार्यलयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु बिदा रहने उपमहानगरले जनाएको छ ।
जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् । हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको छ ।
थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् ।