No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

केदार कार्कीको अनशनको नालिबेली, अबोध वालक साक्षी भएर गरिएको सहमती कार्यान्वय हुन्छ त ?

प्रसाशनको अनावश्यक हस्तक्षेप 

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २७, २०८१
in मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
केदार कार्कीको अनशनको नालिबेली, अबोध वालक साक्षी भएर गरिएको सहमती कार्यान्वय हुन्छ त ?
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेश सरकारले आमरण अनशन बसेका पूर्व मुख्यमन्त्री केदार कार्कीका माग जायज रहेको भन्दै सहमतिका साथ माग पुरा गर्ने लिखित सहमति जनाएपछि केदार कार्कीले अनसन तोडेका छन् । कार्कीले उठाएका माग पूरा गर्न कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ कार्कीले बुधबार अनशन तोडेका हुन् ।May be an image of diary and textति शिशु उनै हुन पैसाको अभावमा विराट अस्पतालले ५ दिनसम्म बन्धक बनाएको थियो । कार्कीको पहलमा अस्पतालबाट घर ल्याइएको थियो । कार्की मुुख्यमन्त्री हुँदा उपचार अभावमा बालवालिकाको ज्यान नगुमोस भन्ने हेतुका साथ प्रदेशभरका १० वर्षमूनिका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाएका थिए । तर बर्तमान सरकार आएपछि त्यो उपचार शेवा रोकीँदा प्रदेशभरको सो सेवा अबरुद्ध भएको थियो ।

सो सेवा नियमित संचालन गर्नूपर्ने लगाएत ९ बुँदामा विभिन्न माग राखेर अनशनमा रहेका कार्कीका माग पुरा गर्न सरकार तयार भएको हो । सरकारले बजेटमा उल्लेख गरिएका कार्यक्रम तुरुन्त कार्यान्वयन गर्ने भनेको छ । कार्कीले बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने देखि शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने माग राखेका थिए । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया कोरिडोरको निर्माणका लागि यसअघि उनले कार्यान्वयन ल्याउने प्रक्रिया सुरु गरेका थिए ।

त्यसबाहेक कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने माग कार्कीले ९ बटा वुँदामा राखेका थिए । यि वुँदाहरुमा सहमतीका साथ कार्यान्वयन गरिने सहमति पत्रमा उल्लेख गरिएको छ । जुन पत्र सहित माग पुरा गर्ने सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी वार्तास्थलमा आएका थिए ।

त्यसअघि मुख्यमन्त्री कार्यालय विराटनगरमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक गोपाल तामाङ सहित मुख्यमन्त्री र अन्य मन्त्रीहरू सम्मीलित वार्ता अनशन तोडाउने विषयमा छलफल भएको थियो । पूर्व मुख्यमन्त्री कार्की पक्षबाट काँग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईँ र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायत नेताहरू छलफलमा सहभागी भएका थिए ।

अनसनमा प्रसाशनको अनावश्यक हस्तक्षेप 
केदार कार्कीले अनशन सुरु गर्ने घोषणा गरेसंगै अत्तालिएको प्रशासनले केही घण्टा अघि नै पूूर्व निर्धारित अनसनस्थल लगायत विभिन्न स्थानमा निशेधाज्ञा समेत जारी गरेको थियो । जानकाहरुले भने प्रसाशनले संविधानविपरितका कार्य गरेको भन्दै आलोचना गरेका छन् । अनसन जस्तो सान्तीपूर्ण आन्दोलनमा प्रशासनले निषेधाज्ञा लगाउनुु र धरपकड गर्नु उचित नभएको पूर्व मूख्यमन्त्री राजेन्द्र राई बताउँछन् । प्रसाशनले पूर्वमुख्यमन्त्री र सांसद जस्तो मान्छेलाई सभामुखको अनुमती विना अपराधीको शैलिमा उठाएकोमा आपत्ति जनाएका छन् ।

May be an image of 9 people and crowd    May be an image of 1 person and hospitalMay be an image of 6 people and train

प्रहरीले अनसको वेला निषेधाज्ञा तोकिएको स्थानमा कार्यक्रम गरेको भन्दै धरपकड गरेको थियो । जुन क्रममा दोहोरो घम्साघम्सी र झडप समेत भएको थियो । झडपमा कार्कीपक्षका केही व्यक्ति घाइते समेत भएका थिए । अनसनमा रहेका कार्कीलाई समेत लछारपछारका साथ निज निवास पुर्याएको प्रहरीले केहीलाई जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । त्यसपछि कार्कीले निषेधाज्ञा स्थल बाहिर अनशन सुरु गरेका थिए । जसपछि मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध कालो झण्डा देखाउने देखी राँके जुलुस सम्मका कार्यक्रम कार्कीका कार्यकर्ताले गरेका थिए ।

कार्कीले भने : अबोधको साक्षी भएर गरिएको सहमति कार्यान्वय हुने छ 
अनसन तोड्दै पूर्व मुख्यमन्त्री कार्कीले ४२ दिनको शिशुलाई साक्षि राखेर गरिएको सहमति सकारले कार्यान्वयन गर्नेमा विश्वस्त रहेको वताएका छन् । उनले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए ।

 

ShareTweetPin
Previous Post

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन सुरु, अनशनमा प्रहरी हस्तक्षेप

Next Post

नेपालीलाई बाध्यताको विदेश कहिलेसम्म ?

Next Post
नेपालीलाई बाध्यताको विदेश कहिलेसम्म ?

नेपालीलाई बाध्यताको विदेश कहिलेसम्म ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.