इटहरी । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टीको वनसखण्डी मन्दिरअगाडि अनशन सुरु गरेका छन् । विभिन्न ९ बुँदे माग राख्दै कोशी प्रदेश सरकार विरुद्ध सुरु गरेको अनशमा प्रहरी हस्तक्षेप समेत भएको छ ।
प्रशासनले निषेधित क्षेत्रभित्र अनशन बसेकाले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई प्रहरी भ्यानमा राखेर कार्की निवास छाडिएको थियो । यद्यपी उनले फर्किएर अनशन सुरु गरेका छन् । सो क्रममा कार्कीका केही समर्थक पक्राउ पनि परेका छन् ।
कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निस्शुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनशन सुरु गर्नुपरेको बताएका थिए ।
ती कार्यक्रम कार्की मुख्यमन्त्री हुँदा ल्याइएको थियो । तर, एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले जनपक्षीय कार्यक्रम कटौती गरेर नेता र कार्यकर्ता पोस्ने गरी वितरण मुखी कार्यक्रम ल्याएको पूर्व मुख्यमन्त्री कार्कीले बताए ।
उनले विराटनगरमा सुरु भएको शैलजा आचार्य हृदय रोग केन्द्र र केशलिया करिडोरको बजेटसमेत खटाइएको बताए । भने, ”म जनताको पक्षमा ज्यानै रहुन्जेल सम्म अनशन बस्न आएको हुँ ।”