सुन्दरहरैंचा । पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाको ५ औँ अधिवेशनबाट टिकाराम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार गोठगाँउमा भएको अधिवेशनले घिमिरेको नेतृत्वमा उपाध्यक्षमा ज्ञानु घिमिरे र केवल लुइँटेल, सचिवमा विजय ओझा, सहसचिवमा समीक्षा कार्की, कोषाध्यक्षमा विनोद अधिकारी र सह कोषाध्यक्षमा सुप्रिया सिराल सर्वसम्मत चयन भएका भएका हुन् ।
यसै गरी सदस्यहरूमा भोजन गिरी, किरण सापकोटा र मनोज अधिकारी चयन भएको समितिका सचिव विजय ओझाले जानकारी दिए । अधिवेशन संस्थाका केन्द्रीय अध्यक्ष निराजन धमलाको प्रमुख आतिथ्यता र सुन्दरहरैंचा शाखाका अध्यक्ष मिलन लुइँटेलको अध्यक्षतामा भएको सम्पन्न भएको हो ।
केन्द्रीय अध्यक्ष निराजन धमलाले संस्थामा नविन सोच र जोसका साथ नयाँ कार्यसमितिले काम गरेर उदाहरणीय शाखा बन्नुपर्नेमा जोड दिएका छन् । संस्थापक अध्यक्ष समेत रहेका धमलाले भने, ‘नयाँ कार्यसमिति नयाँ जोसका साथ आएको छ । अब हाम्रा गतिविधिलाई चलायमान बनाउनका लागि परौँ ।’
कार्यक्रममा संस्थाको दमक शाखाका अध्यक्ष, शिवपाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोस्टकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित समितिले आफ्नो पहिलो बैठकबाट अध्यक्ष पदका प्रत्याशी खेमराज सापकोटालाई सदस्य पदमा मनोनयन गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा सिफारिस गर्ने निर्णय समेत गरेको सचिव ओझाले बताए ।
सापकोटाले अध्यक्ष पदमा उमेदधारी दर्ता गराई अन्तिम समयमा घिमिरेलाई समर्थन जनाएका थिए ।

















