इटहरी । सुनसरीको इहटरीमा आफ्नै नाबालिका भतिजिको हत्या गरेको आरोपमा काका सालिग्राम लुईटेललाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार अपरान्ह इटहरी–५ डेरा गरी बस्दै आएका लुईटेलले दाजु नबराज लुईटेलको डेढ बर्षीया छोरी आईन्सु लुइटेललाई आफ्नै डेरा कोठा भित्र धारीलो ब्लेडले घाँटी र टाउकोमा चिरी हत्या गरेको बताइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ३० बर्षीय लुईटेललाई घटना स्थलबाटै पक्राउ गरी थपअनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

















