No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

टी–२० विश्वकप २०२४ फाइनल भारत र दक्षिण अफ्रिका बीचको भिडन्त

फलैचा न्यूज by फलैचा न्यूज
असार १४, २०८१
in खेल, हेडलाइन
0
टी–२० विश्वकप २०२४ फाइनल  भारत र दक्षिण अफ्रिका बीचको भिडन्त
Share on FacebookShare on Twitter

इटहरी ।वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो।

 

बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा तेस्रो पटक स्थान बनाएको हो । फाइनल खेल शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुनेछ । भारत सन् २००७को च्याम्पिपयन र २०१४ को उपविजेता टोली हो ।

जारी विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण अंक बाँड्न पुगेको थियो ।

 

सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।
उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो।

भारत र दक्षिण अफ्रिका दुबैलाई फाइनलमा पुर्याउन बलरको योगदान महत्वपूर्ण छ । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नोर्किया र मार्को यानसनले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्दै आएका छन् । स्पिनरमा केशव महाराज र तबरेज शाम्सी छन् ।

यता भारतमा जस्प्रित बुमराह र अर्शदीप सिंहले तीव्र गतिको बलिङ आक्रामण सम्हाल्लेका छन् । स्पिनर कुलदीप यादव, अक्षर पटेल र रविन्द्र जडेजाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।

दक्षिण अफ्रिकामा क्विन्टन डि कक, एडेनमाक्रम, हेनरिक क्लासेन, डेविड मिलर र ट्रिस्टन स्टब्स जस्ता टी–२० विशेष ब्याटर छन् । उता भारतमा रोहित शर्मा, सूर्यकुमार यादव, हार्दिक पान्ड्या र ऋषभ पन्त जस्ता म्याच विनर ब्याटर छन् ।

ShareTweetPin
Previous Post

केपी ओली भन्छन् मदन–आश्रितको हत्यारा पत्ता लाग्छ

Next Post

लिटल पिस हेभनका विद्यार्थीले मनाए राष्ट्रिय धान दिवस

Next Post
लिटल पिस हेभनका विद्यार्थीले मनाए राष्ट्रिय धान दिवस

लिटल पिस हेभनका विद्यार्थीले मनाए राष्ट्रिय धान दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.