No Result
View All Result
Monday, December 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

केपी ओली भन्छन् मदन–आश्रितको हत्यारा पत्ता लाग्छ

फलैचा न्यूज by फलैचा न्यूज
असार १४, २०८१
in समाचार, हेडलाइन
0
केपी ओली भन्छन् मदन–आश्रितको हत्यारा पत्ता लाग्छ
Share on FacebookShare on Twitter

इटहरी। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन–आश्रितको हत्या भएको भन्दै हत्यारा पत्ता लाग्ने बताएका छन् ।

ओलीले भनेका छन्, ‘समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।’दासढुंगा घटनाको सत्य–तथ्यलाई शक्तिको आडमा लुकाउन खोजिएको संकेत गर्दै ओलीले त्यस्ता प्रयास सधैं सफल नहुने बताएका छन् । कतिपय घटना–दुर्घटनाका सत्यतथ्यलाई शक्तिले लुकाउने गरेको भन्दै ओलीले भनेका छन्, ‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरूलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैं सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै ।’

 

२०५० साल जेठ ३ गते चितवनको दासढुंगा भन्ने स्थानमा जीप दुर्घटनामा परी एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।  दुर्घटनामा एकमात्र प्रत्यक्षदर्शी जीप चालक अमर लामा भने सकुशल थिए । तर उनको पनि युद्धकालमा काठमाडौंमा हत्या भएपछि दासढुंगा काण्ड रहस्यकै गर्भमा छ ।

एमालेले मदन–आश्रितको षडयन्त्रपूर्वक हत्या भएको दाबी गर्दै आएको छ । तर हत्यारा पत्ता लाग्न सकेको छैन । दासढुंगा घटनापछि एमालेले पटक–पटक सरकारको नेतृत्व गरेको थियो । मदन पत्नी विद्या भण्डारी राष्ट्रपति समेत बनिन् । तर मदन–आश्रितको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमाले नेताहरूको आलोचना हुने गरेको छ ।

एमाले अध्यक्ष ओलीले भने हत्यारा पत्ता लगाउन सत्ता र शक्ति बाधक बनेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै–कुनै सत्य प्रकट हुनबाट रोकिन्छ । नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् ।’  दरबार हत्याकाण्डको सबै दोष तत्कालीन युवराज दीपेन्द्रमाथि लगाइएको भन्दै ओलीले त्यसको रहस्य पनि कुनै दिन खुल्ने विश्वास व्यक्त गरेका छन् ।

दरबार हत्याकाण्ड जस्तै दासढुंगा दुर्घटना पनि रहस्यकै गर्भमा रहेको बताउँदै ओलीले तत्कालीन सरकारले दुर्घटना भनेको र छानबिन आयोग समेत गठन गर्न नमानेको बताएका छन् । पार्टीको तर्फबाट आफ्नै नेतृत्वमा छानबिन प्रतिवेदन तयार पारी तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिए पनि सार्वजनिक नगरेको आरोप ओलीले लगाएका छन् ।

‘हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौं । त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन’ ओली भन्छन् ‘पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ । पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन ।’

ShareTweetPin
Previous Post

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने

Next Post

टी–२० विश्वकप २०२४ फाइनल भारत र दक्षिण अफ्रिका बीचको भिडन्त

Next Post
टी–२० विश्वकप २०२४ फाइनल  भारत र दक्षिण अफ्रिका बीचको भिडन्त

टी–२० विश्वकप २०२४ फाइनल भारत र दक्षिण अफ्रिका बीचको भिडन्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.