इटहरी । लिटल पिस हेभन इङलिस ऐकेडेमीका विद्यार्थीले राष्ट्रिय धान दिवस मनाएका छन । इटहरी १९ मा रहेको एकेडेमीका विद्यार्थीहरुले शुक्रबार असार १५ अर्थात राष्ट्रिय धान दिवस दिन विद्यालय बन्दरहने भएको भन्दै धान दिवस मनाएका हुन ।
विद्यार्थीहरुले आयोजना गरेको राष्ट्रिय धान दिवसको इटहरी १८ का वडा अध्यक्ष रामकुमार चौधरीले भुमि पुजा गरि धान रोपेर सुरु गरेका थिए। धान रोप्नका लागि स्थानिय पदम बहादुर बस्नेतले जग्गा उपलब्ध गराएका थिए ।
परम्परागत ज्ञान र सीपको विकास गराउने उद्देश्यले लिटल पिस हेभन इङलिस ऐकेडेमीले राष्ट्रिय धान दिवस मनाएको स्कुलका प्रिन्सिपल कुसुम राइले बताईन् । विद्यार्थीहरुले कक्षा कोठाभित्र कितावको ज्ञान मात्रै पाउने भएकोले व्यवहारिक शिक्षा प्राप्त होस भन्ने उदेश्यले हिलो खेतमा पुगेर धान रोपाइँ गरि दिवस मनाइएको उनले बताईन् ।
विद्यार्थीहरुले धान रोप्दै हिलो खेल्दै एक अर्कामा खुसी साटासाट गरेका थिए । विद्यार्थीहरुले सामाजिक क्रियाकालपका साथ साथै धान रोप्ने विधी, माटोको तयारी, पानी र मलको प्रयोगसहित वीउको अवस्था, वीउलाई उचित व्यवस्थान लगायतका बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेको लिटल पिस हेभन इङलिस ऐकेडेमीका शिक्षा निर्देशक नविन सुबेदिले बताए ।
त्यस अलवा सामुहिक भावना र अनेकतामा एकताको शन्देश समेत विद्यार्थीहरुले अनुभव लिएका छन । विद्यार्थीहरुलाई राष्ट्रिय धान दिवस भनेको के हो रु यो किन मनाइन्छ रु आदी विषयमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले व्यवहारिक ज्ञानको विकास होस भन्ने उदेश्यले फिल्डमै लगेर धान रोपीएको शिक्षा निर्देशक सुबेदिले बताए ।
धान रोपाइ कार्यक्रमा लिटल पिस हेभन इङलिस ऐकेडेमीका शिक्षक शिक्षीका , १८ का वडा अध्यक्ष रामकुमार चौधरी , रेडक्रश हाशपोसा साखाका सभापति सुमन दाहाल , जग्गा दाता पदम बहादुर बस्नेत , वाजसेवी सुर्यबहादुर थापा , विध्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।


















