इटहरी। प्रशासनको निषेधाज्ञाको वावजुत गोवध प्रकरणको विरोध गर्दै शनिबार निकालिएको सद्भाव ¥याली कोणसभा गर्दै सकिएको छ ।
धरानमा प्रवेश रोक लगाएपछि शनिबार बिहानेदेखि नै प्रर्दशनकारीहरुले इटहरीमा भेला भएर प्रदर्शन गरेका थिए ।
¥यालीका कारण हुने सम्भावित जोखिमलाई दृष्टगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार धरानमा निषेधाज्ञा गरेको थियो ।
शनिबार बिहानैदेखि धरान प्रवेश गर्ने विभिन्न नाकामा प्रहरीको बाक्लो उपस्थिति बनाइएको थियो ।
कोणसभामा विभिन्न ठाउँका हजारौको संख्यामा सहभागी थिए ।

















