इटहरी । कोशी प्रदेश आजदेखि बजेट शून्यतामा गएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा नआएपछि शून्यतामा गएको हो ।
बजेट कार्यान्वयन गर्नुपर्ने अवधि आइतबार सकिएको छ । यसो हुँदा प्रदेशभर कर उठाउन समस्या भएको छ ।
संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना नगरिए पनि कोशी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको हो ।
प्रतिस्थापन विधेयक ल्याएर सदनबाट बजेट पारित गर्ने सरकारको योजना थियो । तर, मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते पाएको विश्वासको मतको प्रकृया असंबैधानीक भन्दै नेकपा एमाले सर्बोच्च गएको अबस्था छ ।
सर्वोच्चले ‘दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न’ पुनः आदेश दिएपछि अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको सरकार निर्णयविहीन भएको छ ।

















