इटहरी । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरिरहँदा शान्तिपूर्ण प्रदशर्न गर्ने भनिएका प्रर्दशनकारीले प्रशासनको निशेधाज्ञाको घोर भत्र्सना गरेका छन् ।
एक विज्ञप्ती जारी गरि प्रशासनले कायरता देखाएको भन्दै निशेधाज्ञाको भत्र्सना गरेका हुन् ।
यता जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको छ । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।
धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता समेत बढाइएको छ ।
शनिबार धरानमा निषेधाज्ञा, जनस्वास्थ्य आपतकाल घोषणाका लागि सिफारिस


















