इटहरी । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा न २ का एसन खड्का सिमराकै पहिलो पाइलट बनेका छन् ।
२०२१ अप्रिल १८ मा फिलिपिन्स को रोएल एभीसन्स एकेडेमीमा पढेका उनले ०८ मा आरपीसि ८५९६ नाम गरेको हवाईजहाज पहिलो पटक उडाएका थिए ।
खड्का भन्छन्, ‘एक दिन दि भोइस् अफ नेपाल भन्ने रियालेटी सो मा अतिथीको रूपमा क्याप्टेन विजय लामा सर आउनु भएको थियो र उहाँको पाइलट बनेको कुराहरू सुन्दा र बुझ्दा आफुलाई पनि राम्रो लागेको भएर पाइलट बन्ने आट र सपना देखेको थिए । १२ को पढाई सकीन लागेको थियो त्यसैले पाइलट बन्ने चाहानाले पाइलट बनेको हुँ ।’
आउने दिनमा नयाँ एयरलाइन्सहरूमा बुझ्न सक्ने सिमाहरू र बहुकार्यहरू गर्ने खड्का बताउँछन् ।

















