इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ ।
प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताए ।
पार्टीसँगको सल्लाह र प्रदेश इञ्चार्जको निर्देशनपछि संसदीय दलले सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेको कार्कीले बताएका छन् । एमाले निकट कानुन व्यवसायीहरुले काठमाडौंमा त्यसको तयारी गरेको जानकारी दिँदै उनले भोलि रिट हाल्न काठमाडौं जाने बताए ।
अध्यक्षता गरेका ईस्राईलको समेत मतले पाए कोशीका मुख्यमन्त्रीले विश्वासको मत, एमालेको विरोध

















