इटहरी । सरकारले ल्याउन लागेको शिक्षा विधेयकको केही प्रावधान सच्याउनुपर्ने माग सहित सुनसरीका निजी विद्यालय सञ्चालकहरूले साउन २८ गते देखी पठन पाठन बन्द गर्ने निर्णय गरेका छन् ।
निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेसनल प्याब्सन र हिसान सुनसरीले संयुक्त रूपमा इटहरीमा बिहीबार पत्रकार सम्मेलन गरी सरकारले ल्याउन लागेको शिक्षा विधेयकको केही प्रावधानहरू सच्याएर मात्र ल्याउनुपर्ने माग राखेका हुन् ।
सरकारले माग सुनवाइ नगरी प्रस्तावित विद्यालय शिक्षा विधेयक ल्याए केन्द्रीय कार्यक्रम अनुसार विद्यालय बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
सरकारले ल्याउन लागेको उक्त शिक्षा विधेयकमा निजी विद्यालय ५ वर्षभित्र गैर नाफामूलक शैक्षिक गुठीमा जानुपर्ने प्रावधान निजी विद्यालय विरोधी भएको हिसान सुनसरी अध्यक्ष