इटहरी । सुनसरीमा आफ्नै छोरीलाई विष खुवाउने कार्यमा संलग्न बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामतलाई आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार २० वर्षीय छोरीलाई बाबुले जबरजस्ती विषादी आरोप लगाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि बेहोस भएकी छोरीको कोशी अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिएका छन् ।
पीडितलाई स्थानीयले उद्दार गरेर अस्पताल पुर्याएको स्थानियले जानकारी दिएका छन् । मादक पदार्थ सेवन गरी बाबु अर्जुनले घर नआएर बाहिरै बसेको भन्दै छोरीमाथि यस्तो कार्य गरेको उनिहरुको भनाई छ ।

















