इटहरी । विराटनगरमा स्थित रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
उद्योगका सञ्चालक तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयष प्याकुरेलका अनुसार बुधबार बिहान उद्योगको विद्युत् सप्लाइ हुने युपिएस कक्षमा आगलागी भएको उनले जानकारी दिएका छन् ।
विराटनगर –१४ स्थित उद्योगको विद्युत सप्लाइ हुने कक्षभित्र राखिएको ब्याट्री पड्किएर आगलागी हुँदा करिब २ सय वटा ब्याट्री, एसी, इन्भर्टर, ४ सय किलोवाटको २ वटा युपिएसमा क्षति पुगेको बताइएको छ ।
प्लाष्टिकका विभिन्न सामाग्री उत्पादन गर्दै आएको उद्योगको युपिएस कक्षमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी र विराटनगर महानगरका दुई वटा वारुणयन्त्र र उद्योगमा रहेको अग्नी नियन्त्रणका सामाग्री प्रयोग गरिए पनि आगो नियन्त्रण गर्न मुस्किल भएको थियो ।

















