इटहरी । धरान उपमहानगरपालिकामा डेंगु संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ जना महिला र ३ पुरुष रहेको धरान उपमहानगरपालिकाको स्वास्थय महाशाखाले जानकारी दिएको छ ।
धरानमा बुधवार पनि एकजना डेंगु संक्रमितको मृत्यु भएको छ ।
यस अगाडि डेंगु संक्रमित जेठ ३० गते धरान १७, असार १५ गते धरान ११, साउन २ गते धरान १८ र साउन ३ गते धरान ५ का एक÷एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै साउन २ गते धरान ११, साउन ७ गते धरान २ र साउन ८ गते धरान १० का एक पुरुषको मृत्यु भएको बताइएको छ ।
धरानमा डेंगु रोगको संक्रमणले महामारीको रुप लिएपछि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएर उपचार सुरु गरेको छ स्वास्थ्य महाशाखा धरानले जानकारी दिएको छ ।

















