इटहरी । सुनसरी बराहक्षेत्रका पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको विषयमा ज्यान मार्ने सम्मका घटना आइरहदा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की भने गैह्रजीम्मेवार बन्न खोजिरहेका छन् ।
घरमै गएर ज्यान मार्ने धम्की दिइएको घटनाप्रति संचार संबद्ध संघ तथा संघठनहरुले आपत्ति प्रकट गरिरहदा मेयर कार्की त्यस विषयमा आफू नबोल्ने बताउँछन् ।
फलैचा मिडियाले कार्यकक्षमै पुगरे मेयर कार्कीलाई घटनाक्रम र समाधान कसरी गर्ने भनेर गरेको प्रश्नमा उनले भने, ’यस विषयमा नबोलौं ।’ मेयर कार्कीका विषयमा सुविनले हाम्रो शब्द अनलाइनमा समाचार लेखेका थिए । समाचार पछि कार्कीका सचिवालयमा कार्यरत सुरज क्षेत्री घरमै गएर धम्की दिएका थिए ।
संचारकर्मीलाई आफुवारे आएको समाचारप्रति सचिवालयका कर्मचारीले ज्यान मार्ने सम्मका धम्की दिइरहदा मेयरले आफु त्यसबाट पन्छिन खोजेको र गैह्रजीम्मेवार बन्न खोजिरहेका हुन् ।
सरोकारवालाहरु आसेपासेहरुले मेयरलाई विगारिरहेको बताउँदछन् । नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, मेयर कस्ता छन त्यो थाहा भएन तर सचिवालय र आसेपासेकै भरमा मेयर चले भने अस्तित्व समाप्त हुन्छ ।


















