No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धरानमा डेंगु सक्रमणका बिरामिको संख्या बढ्यो , खानेपानी समस्याका कारण यसले प्रकोपको रुप लिने जनस्वास्थ्य अधिकृतको भनाई

फलैचा न्यूज by फलैचा न्यूज
साउन ४, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
धरानमा डेंगु सक्रमणका बिरामिको संख्या बढ्यो , खानेपानी समस्याका कारण यसले प्रकोपको रुप लिने जनस्वास्थ्य अधिकृतको भनाई
Share on FacebookShare on Twitter

इटहरी । धरान उपमहानगरपालिकामा डेंगु संक्रमणका बिरामिको संख्या तीव्र गतिमा बढेको छ ।

दिनकै १०० भन्दा बढीमा संक्रमण देखिन थालेपछि स्थानीय स्वास्थ्य संस्थाहरु बिरामीले भरिन थालेका छन् । वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा समेत डेंगु संक्रमणका बिरामिहरु अस्तव्यस्त हुन थालेका छन् ।

अहिलेसम्म संक्रमित धरान उपमहानगरपालिकामा संक्रमितको संख्या २ हजार नाघिसकेको छ । २०१९ मा पनि धरानमा डेंगुले महामारीकै रूप लिएको थियो । त्यो समयमा सरकारी तथ्यांक अनुसार १८ हजार संक्रमित भएका थिए, ६ जनाको मृत्यु भएको थियो । अहिले पनि धरान त्यही दिशामा अघि बढेको छ ।

डेंगु संक्रमणको कारण यो वर्ष धरान उपमहानगरपालिका वडा नं. १७ की ३७ वर्षीया एक महिलाको मृत्यु भइसकेको छ ।
प्रतिष्ठानको आकस्मिक कक्षमा १०० वटा मात्र बेड छन् । तर अहिले दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना हुन थालेपछि बिरामीको चाप बढेको हो । वैशाखदेखि १७४ जनालाई वार्ड वा आईसीयूमा भर्ना गरेर उपचार गरिसकिएको छ ।

केही दिनयता गम्भीर प्रकृतिका बिरामी बढ्दो रहेको अस्पतालले जनाएको छ । गत वर्ष धरानमा फाट्टफुट्ट मात्रै डेंगु संक्रमण देखिएको थियो । तर, यो वर्ष भने यसले प्रकोपको रूप लिइसकेको छ । धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार २० वटै वडामा संक्रमण फैलिएको उनको भनाई छ ।

अहिले धरानमा डेंगु फैलिनुको प्रमुख कारण भाडाकुँडा, ड्रम, ट्यांकीमा पानी नछोपी राख्नुलाई मानिएको छ । धरानमा पानी दैनिक रूपमा नआउने भएकाले ट्यांकी, ड्रम, बाटा, बाल्टिनमा राख्नुपर्ने बाध्यता छ । तर राम्ररी नछोप्दा लामखुट्टेले त्यस्तो पानीमा फु्ल पारेर आफ्नो संख्यासमेत बढाएको छ ।

ShareTweetPin
Previous Post

कोशी प्रदेश सरकारमाथि प्रश्न उठाउने बुढाथोकीलाई कारबाहीको माग

Next Post

पल शाहसँगको विवादास्पद शोपछि बन्द भयो सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’

Next Post
पल शाहसँगको विवादास्पद शोपछि बन्द भयो सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’

पल शाहसँगको विवादास्पद शोपछि बन्द भयो सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.