इटहरी । पूर्वी पहाडी जिल्लामा भारी बर्षाका कारण सप्तकोसी नदीको पूर्वी तटबन्धमा रहेको स्पर कटान हुन नदिन मर्मतको काम तीव्र गतिमा सुरु गरिएको छ ।
सप्तकोसीमा पानिको बहाव बढेपछि कुनै पनि बेला स्पर कटान गरी बाँध भत्काउने खतरा भएपछि धमाधम स्पर निर्माणको काम सुरु गरिएको हो । असार दोस्रो साता देखी लगातार परेको वर्षा र बाढीका कारण सप्तकोसी नदीले पश्चिम र पूर्वतर्फ तीव्र कटान गरिरहेको छ ।
कटान भइरहेको स्थानमा अहिले भारतीय पक्षले बोरामा बालुवा भरेर बाध बाँध्ने काम निरन्तर गरिरहेको छ ।
कोसी सम्झौता अनुसार सप्तकोसी नदी क्षेत्रमा बाढी नियन्त्रणको लागि भारत सरकारले सन् २०११ बाट गङ्गा फल्ड कन्ट्रोल कमिसन मार्फत काम गरिरहेको छ ।


















