इटहरी । इटहरी उपमहानगरपालिकाले पछिल्ला दिनमा जनमुखी काम गर्दै गएको छ । आइतबार मात्रै खोला तथा पैनी अतिक्रमित गरेका संरचना ३५ दिनभित्र भत्काउन सूचना जारी गरेको उमहानगरले सोमबार आजबाट आफैँले नक्सा बनाइदिने कार्यसुरु भएको छ ।
इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिका आफैँले नक्सा बनाउन सुरु गरिएको जानकारी दिए । भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नक्सा बनाइदिन लागेको उनले बताए ।
भवन निर्माण आचारसंहिताअनुसार घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैँले नक्सा बनाउन औपचारिक रूपमा सुरु गरेको हो । सो कार्यको सुरुवातपछि नगरबासी खुसी भएका छन् । अर्कोतर्फ खोला पैनी मिचेका संरचना ३५ दिनभित्र नहटाए उपमहानगरपालिका आफैँले त्यस्ता प्रकृतिका संरचना हटाउने बताइसकेको छ ।

















