No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एक महिनापछि बल्ल खुल्यो मेची राजमार्ग

फलैचा न्यूज by फलैचा न्यूज
साउन १, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
एक महिनापछि बल्ल खुल्यो मेची राजमार्ग
Share on FacebookShare on Twitter

इटहरी । बाढी पहिरोका कारण अवरुद्ध भएको मेची राजमार्ग आज देखि सञ्चालनमा आएको छ । मेचि राजमार्ग अवरद्ध भएको एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो ।

बाढीपहिरोले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक अवरुद्ध भएको थियो । लामो समय मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हुँदै आएको थियो । ताप्लेजुङ र पाँचथर जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो । वारिबाट तुइन र फड्के पुल तरेर खोलापारि पुगेर अर्को गाडी खोजेर अन्य जिल्ला जानुपर्ने बाध्यता थियो ।

ताप्लेजुङमा आवश्यक दैनिक सामग्री ढुवानी हुन नसक्दा खाना पकाउने ग्यास, पेट्रोलिय पर्दाथलगायत आवश्यक खाद्यान्न पदार्थको अभाव झेल्नुपरेको थियो । सवारी साधनको आवागमन नहुँदा ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न आउने तीर्थयात्री प्रभावित हुँदै आएका थिए ।

वैकल्पिकरूपमा हेवा खोलामा तुइन, फड्के तथा अस्थायी डाइभर्सन पुल सञ्चालन गरी सवारी साधनको सहज आवतजावत भइरहेकोमा आइतबार साँझदेखि बेलिब्रिज सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी गौरव ढुङ्गेलले बताए ।

बेलिब्रिजबाट आज साना सवारी साधनलाई प्राथमिकतामा राखी पुल पार गराइएको थियो । विस्तारै ठूला सवारी साधन सञ्चालन गरिने भएको हुँदा अनावश्यकरूपमा सडक जाम नगरिदिन जिल्ला प्रहरी कार्यालय पाँचथरले आग्रहसमेत गरेको छ ।

प्रहरीका अनुसार पुलबाट एकतर्फी मात्र सवारी आवतजावत हुने हुँदा पालैपालो एकतर्फी र एकपटकमा एउटा मात्र सवारीसाधन आवतजावत गरी पुलको प्रयोग हुनेछ । पुलको किनारमा सुरक्षा जोखिम रहेको हुँदा पैदल भई सो पुलको प्रयोग गर्दा विशेष ध्यान पुर्याउन हुन र बालबालिका तथा वृद्धलाई एक्लै सो पुलको प्रयोग गर्न नदिनका लागि जिल्ला प्रशासन कार्यालय पाँचथरले आग्रह गरेको छ ।

बेलिब्रिजमा तोकिएको भारवहन क्षमता (२५ टनसम्म) भन्दा बढी भारवहन गरी ढुवानी गर्न नमिल्ने भएको हुँदा तोकिएको भारवहन भएको सवारी मात्र आवतजावत र ढुवानी गर्न सकिने पाँचथरमा रहेको साम्दिन आर्मी क्याम्पका सहायक सेनानी मेखविक्रम राईले बताए ।

ShareTweetPin
Previous Post

एक महिनापछि भेटियो हाइड्रोपावरमा कार्यरत मजदुरको शव

Next Post

अनुत्पादक क्षेत्रमा हुने खर्च घटाउन कोशी प्रदेश सरकार असफल

Next Post
अनुत्पादक क्षेत्रमा हुने खर्च घटाउन कोशी प्रदेश सरकार असफल

अनुत्पादक क्षेत्रमा हुने खर्च घटाउन कोशी प्रदेश सरकार असफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.