इटहरी । सुपर हेवा हाइड्रोपावर सङ्खुवासभामा कार्यरत बाढीमा बेपत्ता भएका एक मजदुरको शव भेटिएको छ । बेपत्ता भएको एक महिना पछि एउटा शव फेला परेको जिल्ला प्रहरि कार्यलय सङ्खुवासभा जानकारि दिएको छ ।
असार ३१ ग्ते बिहान चैनपुर नगरपालिका–४ मा एक पुरुषको शव फेला परेको थियो । तर शवको पहिचान भने खुल्न नसेकेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन् । असार २ गते राति वर्षासँगै आएको बाढी पहिरोले बगाउँदा जिल्लाका विभिन्न स्थानबाट २२ जना बेपत्ता भएका थिए ।
बेपत्ता भएका २२ मध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरका १७ जना मजदुरलाई बगाएको थिए । उक्त बाढीपहिरामा परेका अझैँ १८ जना बेपत्ता भएको नायब उपरीक्षक गोदाले जानकारि दिएका छन् । बाढीमा बेपत्ता भएका उनीहरुको खोजीका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो ।
पहिरोले पुरेको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र तालिम प्राप्त कुकुर लगाएर खोजी गर्दासमेत शव फेला पार्ने सकेको छैन । बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घरमा पूर्ण क्षति पुगेको छ ।

















