इटहरी । गय राती देखी परेको अविरल बर्षाका कारण इटहरीका खनार क्षेत्र डुबानमा परेको छ ।
टेङ्ग्रा खोलाको पानी ओभर फ्लो भएर मुख्य राजमार्गबाट बग्न थालेपछि खनार क्षेत्र डुबानमा परेको हो ।
खोला वारपार गर्न विभिन्न ठाउँमा बनाईएका साना पुलका कारण खोला ब्लक भएको र खोला ब्लक भएका कारण विभिन्न ठाउँमा डुबानमा परेको छ ।
खोलाले बगाएर ल्याएका जलकुभ्मी,रुखपात तथा अन्य फोहोरका कारण खोला ब्लक भएको छ । ब्लक भएको ठाउँमा इटहरी उपमहानगरले जेसिबी मार्फत खोल्ने प्रयास जारी रहेको छ । टेङ्ग्रा खोला कोशी राजमार्गबाट बग्न थालेपछि उत्तर दक्षिण कोशी राजमार्गमा यातायात सञ्चालनमा कठिनाई उत्पन्न भएको छ ।
मुख्य राजमार्गमा खोला बग्न थालेपछि सवारी साधानहरु आवात जावत गर्न समस्या भएको छ । मोटरसाईकल, चार चक्के तथा ठुला सवारी साधनहरु सञ्चालन गर्न समस्या भएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरु पनि डुबानमा परेका छन् । खनारमा रहेको रिलायन्स स्पिनिङ मिल क्षेत्र डुबानमा परेको छ ।
यस्तै इटहरीको लविपुर क्षेत्र पनि डुबानमा परेको छ । लविपुरमा सडक र गाउँमा पानी पसेको पसेको छ ।
इटहरीका अन्य स्थानमा पनि भारि बर्षाका कारण डुबानमा परेका छन् ।

लगातारको भारी बर्षाले स्थानिय खोला तथा पैनीमा पानीको सतह बढेका कारण पानि गाउँमा पसेपछि डुबान भएको स्थानिय बासिन्दाको भनाई छ ।


















