इटहरी । नेपाल सरकारले प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी दिवंगत सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज मध्यान्हमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वर्गीय दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकि छिन् ।
उनले स्व.दाहाललाई नेपाली सेनाको एक टुकडीद्धारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको पनि जानकारि दिएकि छिन् ।
बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

















