No Result
View All Result
Monday, April 20, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अपहरण गरी पचास लाख फिरौती माग, सुनसरीका एक युवक पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
असार २७, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि, स्थानीय, हेडलाइन
0
अपहरण गरी पचास लाख फिरौती माग, सुनसरीका एक युवक पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । बराक्षेत्र नगरपालिका ५ बस्ने एक व्यकित्लाई अपहरण गरी भारतमा बन्धक बनाएर पचास लाख फिरौती माग गरेको आरोपमा प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बस्ने २९ वर्षीय सन्तोष बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार, गत वैशाख २५ गते सामान खरिदका लागि भारतको बेला बजारमा गएको समयमा दुईजनालाई अपहरण गरी बन्धक बनाएर रकम फिरौतीको माग गरेको जिल्ला प्रहरि कार्यलय सुनसरिले जानकारि दिएको छ ।

अपहरण हुनेमा बराहक्षेत्र नगरपालिका वडा नं. ५ बस्ने १९ वर्षीय सौगात भण्डारी, सोही ठाउँमा बसोबास गर्ने २२ वर्षीय छविलाल आचार्य, हरी आचार्य र सुनील गिरीसहित चारजनालाई अपरण गरि भारतमा बन्धक बनाएर राखिएको थियो ।

जसमध्ये सौगात भण्डारी र हरि आचार्यलाई साँझ ५ बजेको समयमा इम्तियाज भन्ने व्यक्तिसहित सातजनाको समूहले पेस्तोल देखाएर बलपूर्वक मोटरसाइकल नियन्त्रणमा लिई अपहरण गरेको प्रहरि नायब उपरीक्षक राईले जानकारि दिएका छन् ।

अपहरण पश्चात अपहरणकारीहरूले बन्धक भण्डारीका बाबुको मोबाइलमा भारतीय मोबाइल नम्बरबाट वैशाख २६ गते फोन गरी पचास लाख फिरौती रकम माग गरिएको जिल्ला प्रहरि कार्यलय सुनसरिले जानकारि दिएका छन् ।

अपहरणकारिले मागेको जति रकम नदिए ज्यान मार्ने धम्की समेत दिइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीकाअनुसार रकम माग गरेपछि अपहरणकारीहरूलाई पीडितका बाबुले सोही दिन एक लाख पचास हजार रकम समेत बुझाएको प्रहरि नायब उपरिक्षक राईले जानकारि दिएका छन् ।

अपहरण भएका पीडितहरू वैशाख २७ गते भागेर नेपाल आएका थिए । आगेर नेपाल आइ उनिहरुले प्रहरिलाई खबर गरेका थिए ।
प्रहरीले उक्त फिरौती रकम माग्ने, लिने र मुख्य योजना बनाउने बराहक्षेत्रका सन्तोष बस्नेतलाई अनुसन्धानको क्रममा सोमबार पक्राउ गरेको जिल्ला प्रहरि कार्यलय सुनसरीले जनाएको छ ।

बस्नेतले नै भारतीय नागरिक इम्तियाजसँग मिलेर अपहरण गरेकको पुष्टि भएसँगै उनलाई खोजतलास गर्ने क्रममा प्रहरिले पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका बस्नेतलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले धरानबाट उदयपुरतर्फ भाग्दै गर्दा बराहक्षेत्र १ स्थित झण्डाचोकबाट पक्राउ गरेको प्रहरिले बताएको हो ।

पक्राउ परेका बस्नेतमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

 

ShareTweetPin
Previous Post

सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु

Next Post

स्व. दाहालको राजकीय सम्मानकासाथ अन्त्यष्टी

Next Post
प्रधानमन्त्री पत्नी सीताको निधन, अन्तिम संस्कार आजै

स्व. दाहालको राजकीय सम्मानकासाथ अन्त्यष्टी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.