धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दैनिक एक सय जनाको हाराहारीमा डेंगुका बिरामी थपिदै आएको जानकारी दिएको छ ।
धरानका वडा नम्बर ८, ११, १५, १६, १७ र १८ मा डेंगुको प्रभाव बढी देखिएको छ ।
धरानमा डेंगु बढेपछि प्रदेश सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँ र प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको टोली धरान आउने भएको छ ।

















