इटहरी । झापाको बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा जमेको पानी मोटरले तानेर फ्याल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
शुक्रबार बिहान घैलाडुब्बा–बिर्ताबजार सडकखण्ड अन्तर्गत बिर्तामोड २ स्थित कच्छुबारीमा बाटोको सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा बिर्तामोड ३ का ४० वर्षीय धनबहादुर राजवंशीको करेन्ट लागेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















