No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उवासंघले पसल बन्द गर्ने निर्णयविरुद्व कार्यसमितिमै असन्तुष्टि

फलैचा न्यूज by फलैचा न्यूज
असार १२, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, हेडलाइन
0
उवासंघले पसल बन्द गर्ने निर्णयविरुद्व कार्यसमितिमै असन्तुष्टि
Share on FacebookShare on Twitter

इटहरी । इटहरीस्थित विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा आइतबार ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतंकित बनाएको भन्दै सोमबार इटहरीका सबै पसल गर्ने गरियो ।

आइतबार साँझ उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जी भवन पराजुलीले एक सूचना जारी गर्दै बैँकबाट अभद्र व्यवहारका कारण त्रसितएको भन्दै संघले बन्दको आह्वान गरेका थिए ।

आर्थिक मन्दीले व्यापार व्यवसाय धराशयी भएको समयमा व्यवसायीको मनोबल गिराउने काममा बैँक सक्रिय भएको भन्दै भत्र्सना गरिएको उनले जानकारी दिएका छन् ।
तर, उवासंघले व्यापार बन्द गर्ने जनाएसँगै इटहरीको मुख्य चौक आसपासका धेरैजसो व्यापारीहरूले सोमबार दिनभर सटर बन्द गरे ।
समयमै ऋण नतिरेको भन्दै सामान जफत गर्न बैँकका गार्डसहित कर्मचारीहरूपसल पुगेका थिए ।
बैंकको इटहरी शाखाका कर्मचारीले हातहतियारसहितको प्रहरी समेत लिएर गई जबरजस्ती सुन र अन्य सरसामान जफत गर्न खोजेर व्यपारीलाई आतंकित बनाएको र गुण्डागर्दी शैलीमा बैंक प्रस्तुत भएको जनाउँदै उवासंघले व्यापार बन्द गरेको हो ।

सुन पसल संचालक राजमणी श्रेष्ठले ग्लोबल आईएमई बैंकको ऋण तिर्नका लागि अर्को एक वाणिज्य बैंकमा ऋणकै लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । तर, बैंकका कर्मचारीहरूले गुण्डागर्दीशैलीमा सुन, बनाइएका गरगहना, पैसा र अन्य सामानहरू जबरजस्ती जफत गर्न खोजेपछि आपत्तिको विषय रहेका उनको भनाई छ ।

तर, उवासंघले व्यापार बन्द नभई छलफल र वार्ताको माध्यमबाट समस्या समाधानका निम्ति पहल गर्नुपर्ने व्यापारीहरूको धारणा छ ।
इटहरीकी व्यवसायी गायत्री कटवाल (भण्डारी) ले बैँकको तरिका गलत भएको बताइन् ।

उनले भनिन्, ‘बैँक गलत तरिकाले प्रस्तुत भयो । तर, बैँकको विरुद्धमा, व्यापारीको समस्या समाधान बजार बन्द त होइन नि ।’

भोलिका दिनमा यी भन्दा ठूला र जटिल समस्या पनि आइपर्न सक्ने भन्दै उनले बजार बन्दको कुरामा असहमति जनाएकी छिन् ।

‘बजार बन्द गर्ने कुरामा मेरो सहमत छैन । बजार खोलेर विरोध गर्न सक्नुपर्यो,’ उनले भनिन्, ‘अन्यायमा परेका व्यवसायीहरूले न्याय पाउनुपर्छ । एक त बैँकको प्रक्रिया गलत छ, अर्कोतर्फ उवासंघको निर्णय ।’

बैँकविरुद्ध आन्दोलन गर्दा व्यापारीलाई समस्या दिने बैँकमा आर्थिक कारोबार बन्द गर्ने, खाता क्लोज गर्ने तथा बहस र छलफल गरेमा बैँक आफैँ सचेत हुने उनको तर्क छ ।

‘समस्या समाधानको विकल्प बजार बन्द मात्रै होइन । बन्द बजारलाई पनि उद्योग वाणिज्य संघले खोल्न सक्नुपर्छ,’ भण्डारीले बताउइन् ‘व्यवसाय नै ठप्प पार्नुहुँदैन । ब्याज तिर्नुपर्ने दिन आउँदैछ । अहिलेको अवस्थामा भाडा तिर्न पनि गाह्रो छ ।’

अहिले इटहरीमा पार्किङ समस्या चौतर्फी रहँदा त्यसको निराकरणका निम्ति उवासंघ लाग्नुपर्ने उनको सुुझाव छ ।

‘बजार बन्द गर्दाको क्षतिपूर्ति कसले व्यहोर्ने ? उवासंघले इटहरी नै ठप्प पारिदिने त ?,’ उनले भनिन्, ‘हिजो खुलेको पसल आज किन बन्द भइरहेको छ भनेर खोजी गर्नुपर्छ, त्यता कसैको ध्यान नै पुुगेको छैन ।’

ShareTweetPin
Previous Post

घरधनीले घर नभत्काएपछि इटहरीमा फेरी चल्यो डोजर

Next Post

झुम्कामा अंगदान सम्बन्धी इच्छापत्रमा हस्ताक्षर तथा वृहत अन्तक्रिया हुने, के हो मानव अंग प्रत्यारोपण ?

Next Post
झुम्कामा अंगदान सम्बन्धी इच्छापत्रमा हस्ताक्षर तथा वृहत अन्तक्रिया हुने, के हो मानव अंग प्रत्यारोपण ?

झुम्कामा अंगदान सम्बन्धी इच्छापत्रमा हस्ताक्षर तथा वृहत अन्तक्रिया हुने, के हो मानव अंग प्रत्यारोपण ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.