No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झुम्कामा अंगदान सम्बन्धी इच्छापत्रमा हस्ताक्षर तथा वृहत अन्तक्रिया हुने, के हो मानव अंग प्रत्यारोपण ?

फलैचा न्यूज by फलैचा न्यूज
असार १५, २०८०
in समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
झुम्कामा अंगदान सम्बन्धी इच्छापत्रमा हस्ताक्षर तथा वृहत अन्तक्रिया हुने, के हो मानव अंग प्रत्यारोपण ?
Share on FacebookShare on Twitter

रामधुनी । नेपालमा अहिलेसम्म मानव अंग प्रत्यारोपण ऐन भए पनि नियमावली अभावमा नातेदारले मात्र अंग दिन पाउने व्यवस्था रहेको छ सरकारले मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली–०७३ पारित गरेसँगै नेपालमा ‘ब्रेनडेथ’ भएका मानिसबाट विभिन्न अंग निकालेर अर्को व्यक्तिमा प्रत्यारोपणको बाटो खुले संगै सुनसरीको रामधुनी नगरपालिका स्थित झुम्कामा संचालित साई हस्पिटल प्रा.लि. ले अंगदान सम्बन्धी इच्छापत्रमा हस्ताक्षर अभियान सुरु गर्ने भएको छ ।

साई हस्पिटल प्रा.लि. ले बिहिबार पत्रकार सम्मेलनको अयोजना गर्दै आगामी असार २२ गते झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा अंगदान सम्बन्धी वृहत कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक समेत रहेका डिल्लिराम भण्डारीले जानकारी दिए ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोग तथा कोशी प्रदेसका विभिन्न संस्थाहरुको सहयकार्यमा अंगदान सम्बन्धी इच्छापत्र हस्ताक्षर तथा अन्र्तकृया गर्न लागिएको कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए ।
मानिसको मृत्यु पछि डढेर तथा गलेर जाने शरिरका अगहरुलाई दान गरेर कसैलाई नयाँ जिवन दिन सकिने भन्द जिवित रहँदा अर्थात मृत्यु पुर्व गरिने अंगदान र मृत्यु पश्चात गरिने अगदानको विषयलाई समेटेर अन्तक्रिया तथा बृहत अंगदान इच्छापत्र हस्ताक्षर कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

के हो मानव अंग प्रत्यारोपण ?
मानव अंग प्रत्यारोपण भनेको जीवित व्यक्ति वा मस्तिष्क मृत्यु भएको निश्चित समयभित्र शरीरभित्र सक्रिय र स्वस्थ रहेकोे अंगहरू दान गरी अर्को रोगीको शरीरमा काम नलाग्ने अंगको सट्टामा विशेष प्रविधिमार्फत विशेषज्ञ चिकित्सकले प्रत्यारोपण गर्नु हो । मानव शरीरको अंगदान वा प्रत्यारोपणले हरेक वर्ष हजारौं मानिसलाई नयाँ जीवन दिइरहेको छ । एउटा स्वस्थ व्यक्तिले वा मस्तिष्क मृत्युपछि आफ्ना शरीरबाट खेर जाने अंगहरू दान गरेर अर्को रोगी व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग विभिन्न रोगबाट ग्रस्त बिरामीलाई प्रत्यारोपण गरी उनीहरूको ज्यान बचाउन सकिन्छ ।

नेपालमा मानव अंग प्रत्यारोपणको सुरुवात संवत् २०५५ सालमा तत्कालीन राजा वीरेन्द्रले नेपालमा मानव अंग प्रत्यारोपणका लागि कानुनको आवश्यकता महसुस गरी मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ जारी गरेका थिए । तर, विभिन्न बाधा अवरोध र स्पष्ट कार्यनीति बनाउन नसकेपछि यो ऐन निष्क्रियजस्तै भएको थियो । नेपालमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएपछि निष्क्रिय रहेको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई २०७२ फागुन १३ गते संसद्ले संशोधन गर्न बनेको विधेयक पारित गरेपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग बिरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको हो ।

त्यस्तै २०६७ मा तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरी र स्वास्थ्य सचिव प्रा.डा. प्रवीण मिश्रको नेतृत्वमा न्याम्सका अध्यक्ष प्रा.डा विनयकुमार शर्मासहितको टोलीले नेपालमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्न सरकारलाई सुझाव दिएको थियो । २०६८ मा सुझावअनुसार स्वास्थ्यमन्त्री राजेन्द्र महतो र स्वास्थ्य सचिव प्रा. डा. प्रवीण मिश्र र वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलगायतको टोलीले भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्रको स्थापना गरेको थियो ।

नेपालमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएपछि निष्क्रिय रहेको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई २०७२ फागुन १३ गते संसद्ले संशोधन गर्न बनेको विधेयक पारित गरेपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग बिरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको थियो ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नयाँ विधेयकमा मस्तिष्क मृत्युबारे अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्था गरिए पनि केही अप्ठ्यारा रहेका थिए । डा. श्रेष्ठले त्यतिखेरै सरकारले जतिसक्यो चाँडै नियमावली बनाएर प्रत्यारोपण गर्नुपर्ने बताएका थिए संयोगवश स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्यमन्त्री गगनकुमार थापाले तीन महिनाभित्र नियमावली बनाई कार्यान्वयन गर्ने घोषणा गरेका थिए ।

अंग प्रत्यारोपणसम्बन्धी नियमावली
नेपालमा अहिले मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पारित भइसकेको छ । यस नियमावली आएपछि मस्तिष्क मृत्यु भएको व्यक्तिको कलेजोसहित आठ मानव अंग प्रत्यारोपण गर्ने कानुनी बाटो खुलेको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकबाट नियमावली पारित भएपछि अब नेपालमा दुवै मिर्गौला, फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा र आँखा दान तथा प्रत्यारोपण गर्न कानुनी बाटो खुला भएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकबाट नियमावली पारित भएपछि अब नेपालमा दुवै मिर्गौला, फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा र आँखा दान तथा प्रत्यारोपण गर्न कानुनी बाटो खुला भएको छ । नयाँ नियमावलीकोे व्यवस्थाअनुसार अंगदान गर्ने व्यक्तिको मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक प्रत्यारोपण गर्ने कार्यमा संलग्न हुन पाउँदैनन् । त्यस्तै यदि मृतकले जीवित छँदै आफ्नो शरीरको अंगदान नगर्ने लिखित इच्छा व्यक्त गरेमा परिवारका सदस्यले उसको शरीरको अंगदान गर्न नसक्ने व्यवस्थासमेत नयाँ नियमावलीमा गरिएको छ ।

नेपालमा मानव अंग प्रत्यारोपण गर्नका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस चितवन तोकिएको छ । तर, अहिलेसम्म भक्तपुरबाहेक अन्य अस्पतालमा मिर्गौलाबाहेक अन्य अंग प्रत्यारोपण हुन सकेको छैन ।

क–कसले गर्न सक्छन् अंगदान ?

नयाँ ऐनले अंगदान गर्न इच्छुक र अंग ग्रहण गर्ने व्यक्ति वा नातेदारको परिभाषित गरेको छ । जसमा परिवारका सदस्य, नजिकको नातेदार, दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदार, धर्मपुत्र–धर्मपुत्री र मस्तिष्क मृत्यु भएका जो कसैले सजिलै अंगदान गर्न सक्नेछन् ।

 

परिवारका सदस्य, नजिकको नातेदार, दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदार, धर्मपुत्र–धर्मपुत्री र मस्तिष्क मृत्यु भएका जो कसैले सजिलै अंगदान गर्न सकिने व्यवस्था रहेको छ । ऐन अनुसार परिवारका सदस्य भन्नाले पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासूससुरा तोकिएको छ । त्यस्तै नजिकको नातेदारअन्तर्गत अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबुआमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासूससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा माइजू, भान्जाभान्जी, सालासाली, फुपूफुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठान समेटिएका छन् ।

तर, धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तीमा २ वर्षदेखि अटुट सम्बन्ध कायम रहेकोे हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । त्यस्तै नयाँ संशोधित ऐनअनुसार दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदारले समेत आपसमा मिलेर अंगदान (आपसमा साट्न) गर्न पाउनेछन् । साथै कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषण गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिनेछ ।

के हो मस्तिष्क मृत्यु ?
संशोधित विधेयक २०७२ ले मस्तिष्क मृत्युको अर्थ मस्तिष्क स्टेम अर्थात् ब्रेन स्टेमको मृत्यु भनी परिभाषित गरेको छ । जसको अर्थ मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा पुनः काममा आउन नसक्नेगरी अपरिवर्तनीय क्षति भएको अवस्था हो । ऐनमा गरिएको व्यवस्थाअनुसार मस्तिष्क मृत्युको घोषणा बिरामीको स्वास्थ्य परीक्षणमार्फत गरिनुपर्छ । स्वास्थ्य परीक्षणका लागि बिरामीको शरीरमा प्राकृतिक रूपमा श्वासप्रश्वास नरहेको हुनुपर्छ । साथै बिरामीको परिवारको सदस्यको अनुमनि लिनुपर्ने यदि परिवार सदस्य सम्पर्कमा नभएमा सम्बन्धित स्वास्थ्य संस्था प्रमुख वा जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको कर्मचारीबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

तर, रोग निदान नभएको, शरीरको न्यूनतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम भएको, न्यूनतम रक्तचाप सिस्टोलिक ९० मिलिलिटर मर्करीभन्दा कम भए, आन्तरिक ग्रन्थीमा असन्तुलन भए, बिरामी लठ्ठ पार्ने औषधिको प्रयोगबाट मुच्र्छा परेको अवस्थामा चिकित्सकले बिरामीको मस्तिष्क मृत्यु भए नभएको परीक्षण गर्न पाउँदैनन् । अंगदानमा चेतनाको कमी मानव अंगदान गर्ने व्यक्ति कमजोर र मरेपछि स्वर्ग जान पाइँदैन भन्ने पुरातनवादी अन्धविश्वास सोच हाम्रो समाजमा रहेको पाइन्छ ।

एकजना मस्तिष्क मृत्यु भएकाहरूको अंगबाट १० जना बिरामीलाई बचाउन सकिन्छ । जसमा २ मिर्गौला, २ फोक्सो, २ आँखाका नानी, १ कलेजो, १ मुटु, १ प्याङक्रियाज र १ सानो आन्द्रा आवश्यक भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । मरेर खेर जाने एउटा मानव शरीरले बाँकी १० जनालाई बँचाउन सकिन्छ । आफू मरेर अरूलाई बचाउनु ठूलो पुण्यको काम हो भन्ने कुरा विभिन्न धर्मग्रन्थमा उल्लेख भएको छ । यही कुरा बुझाउन कोशी प्रदेशमा कार्यक्रम गर्न लागिएको हो ।

Tags: अंग प्रत्यारोपणअंगदानसाई हस्पिटल प्रा.लि
ShareTweetPin
Previous Post

उवासंघले पसल बन्द गर्ने निर्णयविरुद्व कार्यसमितिमै असन्तुष्टि

Next Post

कोसीका मुख्यमन्त्रीले बैठक स्थगितको माग गर्दै सभामुखलाई पठाए पत्र

Next Post
कोसीका मुख्यमन्त्रीले बैठक स्थगितको माग गर्दै सभामुखलाई पठाए पत्र

कोसीका मुख्यमन्त्रीले बैठक स्थगितको माग गर्दै सभामुखलाई पठाए पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.