रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नं. १, मा जारी प्रथम रामधुनी महोत्सव–२०८० मा आज (सोमबार) गायक प्रताप दास आउने भएका छन् ।
नेपाली गीत संगीत क्षेत्रको एउटा चम्किलो तारा हुन् प्रताप दास । हजारौं गीतमा आवाज दीई सकेका दास युवा पुस्ता माझ निकै रुचाइएका गायक हुन् । उनले गाएका गलबन्दी मैलिए, सर्लक्कै साइली, संग संगै जुनी काटौला, गमलामा जाई, पत्थरको मुटु, तिम्रो मेरो प्रित जस्ता बोलका गीत युवा पुस्ता माझ निकै लोकप्रिय छन् ।
त्यसैले पनि उनको माग भने पछिल्लो समय महोत्सवमा बढ्न थालेको छ । उनै दासको प्रस्तुती प्रथम रामधुनी महोत्सव २०८० मा सोमबार साँझ ९ बजेदेखि १० बजेसम्म रहने छ । महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन र बच्चाका विभिन्न खेलहरू आकर्षणको रूपमा रहेको क्लवका अध्यक्ष होमकाजी राईले जानकारी दिए ।
युवा नेतृत्व विकास, रामधुनी नगरको साँस्कृतिक पहिचान, पर्यटन प्रवद्र्धन, नगरको व्यवसायिक प्रवद्र्धन, रामधुनी मन्दिरको धार्मिक प्रवद्र्धन गर्ने उद्देश्का साथ गत जेष्ठ १९ गते देखि सुरु भएको महोत्सव असार ५ गतेसम्म सञ्चालन रहने छ ।