No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ जनाको उजुरी दर्ता

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ९, २०८०
in अपराध, प्रदेश, मुख्य समाचार, समाचार, सूचना प्रविधि, हेडलाइन
0
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ जनाको उजुरी दर्ता
Share on FacebookShare on Twitter

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् ।
सरकारले मिटरब्याजीविरुद्व उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको हो ।

वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरब्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध आ–आफ्नो यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकोमा उजुरी दिने समयसीमाभित्र दुई सय ४९ जनाको जिल्ला प्रशासन कार्यालयमा आएको पाण्डेले बताइन् ।

सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ उजुरी परेको प्रशासनले जनाएको छ ।

यस्तै, दुईजना प्रतिनिधिविरुद्व पनि उजुरी परेको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार इनरुवा नगरपालिका ६ का वडाध्यक्ष सुमन थापा र कोसी गाउँपालिका १ का वडाध्यक्ष सोभितनारायण यादव विरुद्व उजुरी आएको र त्यसमा आवश्यक कारबाहीको माग गर्दै उजुरी आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।

प्राप्त भएको निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षहरूबीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।

ShareTweetPin
Previous Post

मिनी ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

Next Post

धरानमा सरकारी कागजात कीर्ते गरी फरार भएका दुई पक्राउ

Next Post
धरानमा सरकारी कागजात कीर्ते गरी फरार भएका दुई पक्राउ

धरानमा सरकारी कागजात कीर्ते गरी फरार भएका दुई पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.