ईटहरी । सरकारी कागजात कीर्ते गरी फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी जिल्ला अदालतले सरकारी कागज छाप दस्तखत कीर्ते मुद्दामा ४ वर्षअघि कैद सजाय फैसला गरेका धरान १३ का विशाल तामाङ पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत सुनसरीले ११ महिना १२ दिन कैद सजाय फैसला सुनाएको थियो ।
कैद सजाय बेरुजु रही फरार रहेका कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरीले गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ गरेका तामाङलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले चोरी मुद्दामा मोरङ जिल्ला अदालतको ४ वर्ष १ महिना ४ दिन कैद सजाय सुनाएका दमक नगरपालिका ८ का ३७ वर्षीय गोविन्द राउतलाई पनि पक्राउ गरेको छ ।
२०७० साल पुस ११ गते अदालतले सजाय सुनाएको भएपनि फरार राउतलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ ।

















