राष्ट्रिय मावि इटहरीमा विद्यार्थीको आकर्षण

इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाईं हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नीजि विद्यालयका विद्यार्थी आकर्षित भएका छन् ।

पछिल्ला वर्ष राष्ट्रिय माध्यमिक विद्यालयले लोभलाग्दो प्रगति हासिल गर्दो छ । राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउने गर्छन् । यस वर्ष त विद्यालयमा भर्ना हुन विद्यार्थीको चाप थामि नसक्ने गरि भएको छ ।

विद्यालयका लागि नयाँ भर्ना बालविकासदेखि कक्षा ९ सम्म १२४ जनाको कोटा तोकेको छ । त्यसको चार गुण बढी ४५३ जनाले सोमबार प्रवेश परीक्षा दिएका छन् । विद्यार्थीको घुइँचो लागेकै कारण यस वर्ष विद्यालयले ५० पूर्णङ्कको लिखित परीक्षा र १० पूर्णङ्कको मौखिक परीक्षा लिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए । विद्यालयले विगतका वर्षमा पनि नयाँ भर्नाका लागि लिखित परीक्षा लिदै आएकोमा यस वर्षदेखि थप मौखिक परीक्षा पनि लिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए ।

राष्ट्रिय माध्यमिक विद्यालयमै पहिला पहिला घर घरमा विद्यार्थी खोज्न हिड्नु पथ्यो । तर, पछिल्लो समय हरेक कक्षाको नतिजा राम्रो आउन थालेकाले गर्दा विद्यार्थीको चाप बढेको हो ।

भौतिक संरचना र शिक्षक दरबन्दीले धान्न सक्ने गरि मात्र विद्यार्थी भर्ना गर्ने हुँदा आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असर्मथ हुने गरेको विद्यालयले जनाएको छ । सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको अभिभावक बताउँछन् ।

सामूदायिक विद्यालयमध्ये पनि गुणस्तरीय शिक्षाका लागि राम्रो लागेर राष्ट्रिय माध्यमिक विद्यालयमा छोराछोरी भर्ना गर्न चाहेको इटहरी वडा नं. २ की ममिता बस्नेतले बताइन् । राष्ट्रिय माध्यमिक विद्यालयमा यस वर्ष वालविकासदेखि कक्षा ९ सम्म कुल ७९५ जनाको भर्ना कोटा रहेको छ ।

विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन हुने गरेको छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङ्को पनि पठनपाठन हुने गरेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.