बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक र मातहत कार्यालय प्रमुख बिच आर्थिक बर्ष ०७९÷८० को लागि बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार चैत्र मसान्त सम्मको कार्य प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालयको सभाहलमा भर्चुअल माध्यमद्धारा सम्पन्न भएको समिक्षा कार्यक्रममा प्रदेश अन्तरगतका प्रहरी कार्यालयका प्रमुखहरुले आ–आफ्नो कार्यालयले श्रावण देखि चैत्र मसान्त सम्ममा सम्पादन गरेका कार्यहरुको बिवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गरे ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीले कार्यालयमा नै उपस्थित भई प्रस्तुतिकरण गरेका छन् । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रहरी निरीक्षक महेश भट्टराईले कार्यक्रमको सहजिकरण गरे ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कार्यक्रमलाई सम्बोधन गर्दै कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरु गम्भितापूर्वक लागि पुरा गर्न हुन तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरीकको सेवामा २४ सै घण्टा तल्लिन रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।