इटहरी । स्रोत नखुलेको रकमसहित इटहरीका दुई युवकलाई पक्राउ गरिएको छ । सुनसरीको कोसी गाउँपालिका ८ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय १० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका इटहरी उपमहानगरपालिका १२ बस्ने १८ वर्षीय सुरेश लिम्बू र १७ वर्षीय विकास मण्डललाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले रकमसहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।