इटहरी । कोसी प्रदेश सरकारको मंगलबार बसेको बैठकले दुईवटा निर्णय गरेको छ कोसी प्रदेश सरकारको विराटनगरमा बसेको मन्त्रिपरिषद्ले दुईवटा निर्णयहरू गरेको हो ।
मुख्यमन्त्री हिक्मत कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार मन्त्रिपरिषद्ले कोसी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको छ ।

















