इटहरी । मोरङको रतुवामाईमा घाँटीमा मासु अड्किएर एक पुरुषको मृत्यु भएको छ ।
शुक्रबार साँझ बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई ९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा बंगुरको मासु अड्किएको थियो ।
माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए ।
माझीको शुक्रबार साँझ ७ः५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

















