इटहरी । अदालतबाट पक्राउ पूर्जी जारी भइ फरार रहँदै आएका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का ३० वर्षीय कुमार राईमाथि आक्रमण गरी ज्यान मार्ने उद्योग मुद्दामा आरोपित कसुरदार जयकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उदयपुर बेलका नगरपालिका ३ मा लुकिछिपी बस्ने गरेको सूचनापछि प्रहरीले उनको खोजी गरेको थियो ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले राईलाई लोड गरिएको भरुवा बन्दुक र ५ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।