इटहरी । विराटनगरमा कार र मोटरसाइकल एकापसमा दुघटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शनिबार राति साढे ९ बजे विराटनगर महानगरपालिका ४ नेपाल आयल निगम अगाडि दुघटना हुँदा सुनसरीको बर्जु गाउँपालिका ४ का ४५ वर्षीय शिवकुमार गुरुङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उत्तरबाटदक्षिण तर्फ आउँदै गरेको प्र १–०२–०४० प ३२३२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा १–०२५ च ५४४६ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आर्या न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करपछि कार चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।