इटहरी । एसईईमा नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा धरानका एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।
एक व्यक्ति बराबर ४० हजार रुपैँया लिएर परीक्षा दिने व्यवस्था मिलाएको आरोपमा धरानमा रहेको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई आज पक्राउ गरेको हो ।
गत बुधवार र बिहीवार मोरङका सरस्वती मा.वि,जनता मा.वि र सार्वजनिक मा.वि परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा प्रहरीले २०१ जनालाई पक्राउ गरेको थियो ।